तपाईँ सुन्दै हुनुहुन्छः

ठक्कर दिने ट्रकमा आगजनी 

रौतहट । पूर्व पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–१ बाग्मतीमा ट्रकको ठक्कर बाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पश्चिम बाट पूर्व जाँदै गरेको ना ६ ख १५०० नम्बरको मालवाहक ट्रकको ठक्कर बाट घाइते भएकी चन्द्रपुर–१ निवासी होममाया मगर बीमली लाई ट्रकले ब्याक गरी किचेर मारेको भन्दै आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका हुन । 

ट्रकको आगो निभाउन पुगेको चन्द्रपुर नगरपालिकाको ना १ झ ६८८ नम्बरको वारुणयन्त्रमा समेत स्थानीयले तोडफोड गरेका छन् । स्थानीयले ढुङ्गा प्रहार गरेपछि वारुणयन्त्रको सिसा फुटेको छ भने चालक कुमार बस्नेतको आँखामा सिसा परेर घाइते भएका छन् । 

घटना लगतै प्रहरीको टोलिले आगो निभाउने प्रयास गरेपनि स्थानीयको प्रतिकारका कारण प्रहरी असफल भएको छ । ट्रकका चालक लाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक एकनारायण कोइरालाले बताउनु भयो । 

प्रत्यक्षदर्शी गोपाल घिमिरेका अनुसार बाग्मतीको नहरमा रहेको पुलमा ट्रकको ठक्कर बाट सामान्य घाइते भएकी बीमली लाई ट्रकले ब्याक गरेर किचेपछि स्थानीय आक्रोशित भएका हुन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button