तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा परी बाबु–छोरीसहित तीनजनाको मृत्यु

File Photo

बर्दिबास । महोत्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी बाबु–छोरीसहित तीनजनाको मृत्यु भएको छ । बर्दिबास–औरही सडकखण्डमा सवारी दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बर्दिबास नगरपालिका–८ हात्तीलेटका ५५ वर्षीय उपेन्द्र महतो र उहाँकी २२ वर्षीया छोरी रविना महतोको मृत्यु भएको हो । रविनाको सोमवार साँझ ट्रमा सेन्टर बर्दिबासमा र बुवा उपेन्द्रको आज बिहान २ बजे जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी बर्दिबासका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

त्यस्तै पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–५ टुटेश्वरस्थित जङ्गलमा भुस्सा बोकेर काठमाडौँतर्फ जाँदै गरेको ना६ख ४६७८ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ पौराही राई टोलका ६६ वर्षीय कुलबहादुर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button