तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा क्षेत्रको विकास सरकारको प्राथमिकतामा : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शिक्षा क्षेत्रको विकासलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।

धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेशका सबै पालिकाहरूमा एउटा/एउटा नमुना विद्यालय बनाउने योजना सरकारले अघि बढाएको बताउनुभयो । उहाँले यसपाली समग्र शिक्षा क्षेत्रका लागि डेढ अर्ब बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद आरजु राणा देउवाले बजेट, स्रोत साधन, जनशक्ति भएर पनि गुणस्तरीय शिक्षा प्रदान गर्न चुकिरहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयले अपेक्षित रिजल्ट दिन नसक्नु चिन्ताको विषय भएको बताउनुभयो । बालबालिकालाई विद्यालयमा टिकाई राख्न चुनौती देखिएको उल्लेख गर्दै उहाँले निश्चित मोडालिटी बनाएर बजेट निमार्ण गर्न आवश्यक रहेको बताउनुभयो ।

रुडुकद्धरा आयोजित समावेशी, गुणस्तरीय शिक्षा र बजेट विषयक प्रादेशिक सम्मेलनमा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावल, रुडुकका राष्ट्रिय निर्देशक डा.के.के. श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

सांसद आरजु राणा देउवाको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, दातृ निकायका प्रतिनिधि, सरकारी अधिकारी, जनप्रतिनिधि, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button