तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री शाहसँग स्वीजरल्याण्डका राजदूतको शिष्टाचार भेट 

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि स्वीजरल्याण्डका राजदूत मेयर म्याथियास बीच शिष्टाचार भेट भएको छ । 

बुधबार धनगढीमा  उहाँहरुबीच भएको भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमको सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण र ग्रामीण विकासको क्षेत्रमा स्विस सरकारको महत्वपूर्ण योगदान रहेको र यस क्षेत्रमा विकासका लागि सहकार्य गर्न जोड दिनुभयो । 

त्यस क्रममा राजदूत म्याथियासले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम, स्थानीय विकास, सुरक्षित आप्रवासन, प्राकृतिक स्रोत व्यवस्थापन, सामुदायिक वन, यातायात र कृषिका क्षेत्रमा स्विस सरकार सहयोग गर्न र सुदूरपश्चिम प्रदेश सरकारसँग सहकार्य गर्न इच्छुक रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button