तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा बस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

रोल्पा । रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको रोल्पाको त्रिवेणी गाउँपालिका ७, रिची गाउँमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा चालकसहित १९ जना यात्रु घाइते छन् । चालक दाङ घोराही उ.म.न.पा.१२ हापुर बस्ने २४ वर्षीय हुमराज बस्नेतलाई घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक र घाइतेहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले उद्धार गरेका थिए । घाइतेहरूलाई उपचारका लागि दाङ पठाइएको प्रहरीले बताएको छ ।

दिउँसो सवा १ बजे ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब १ सय ५० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा माडी गाउँपालिका–४ निवासी २२ वर्षीय प्रकाश बाठा, सोही गाउँपालिका ४ निवासी ५१ वर्षीय गोर्खे डाँगी, उहाँकी श्रीमती ५० वर्षीया हिस्ता डाँगी र परिवर्तन गाउँपालिका ३ निवासी ४५ वर्षीय भक्त विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक श्याम कुमार शारु मगरले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button