तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधार विकास समिति : ऊर्जा विकासका विषयमा छलफल

काठमाडौँ । प्रतिनिधि सभा, पूर्वाधार विकास समितिले ऊर्जा विकास, स्वतन्त्र ऊर्जा उत्पादकहरूको समस्या र त्यसको समाधानका विषयमा ऊर्जा मन्त्रालय र सरोकारवालाहरूसँग आज छलफल गरेको छ ।

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले जलविद्युत क्षेत्रका समस्या समाधानका लागि आवश्यक विद्युत् विधेयक मन्त्रीपरिषद्मा रहेको र छिट्टै संसदमा लैजाने तयारी भइरहेको बताउनुभयो ।

मन्त्री बस्नेतले विद्युतको आन्तरिक खपत वृद्धि गर्ने कार्ययोजना मन्त्रालयले बनाइरहेको समेत समितिमा जानकारी गराउनुभयो ।

मन्त्री बस्नेतले विद्युतको सहज आपूर्तिलाई व्यवस्थापन गर्न ट्रान्समिसन लाइनका कामलाई जतिसक्दो छिटो सम्पन्न गर्ने र उत्पादन लक्ष्यअनुसारको भार बहन गर्न सक्ने गरी ट्रान्समिसन लाइन निर्माण गर्ने काम भइरहेको बताउनुभयो ।

ऊर्जा विकासका लागि भू–अवस्थिति, सम्भावना, आवश्यकता र विकसित अवस्था हेरेर विद्युत् विकासको नीति र मोडालिटि बनाउँदै अगाडी बढ्नु आवश्यक रहेको भन्दै मन्त्री बस्नेतले विद्युत् विकासका लागि राष्ट्रिय सहमति गरेर अगाडी बढ्न सरकार प्रयासरत रहेको पनि बताउनुभयो ।

छलफलमा सांसदहरुले विद्युत् विकासको लागि राष्ट्रिय नीति बन्नु पर्ने, राष्ट्रिय सहमति गरेर अगाडी बढ्नु पर्ने, ऊर्जा विकासका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारी निकायबिच समन्वय गर्न एक समन्वय समिति बनाउनु पर्ने, विद्युत् उत्पादनमा नेपाली नेपाली लगानीकर्ताहरूले सहज रुपमा काम गर्न पाउने वातावरण बन्नु पर्ने लगायतका विषयमा जोड दिनुभयो ।

छलफलमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संघ (इपान)का प्रतिनिधिहरूले विद्युतीय ऊर्जा विकासको लक्ष्य पुरा गर्न नीजि क्षेत्रले सहज रुपमा काम गर्ने वातावरण बन्नु पर्ने, बन, ऊर्जा, भूमि लगायतका बाझिएका नीतिहरू संशोधन गरेर ऊर्जा क्षेत्रमा काम गर्न सहन बनाइनु पर्ने र समयमा नै विद्युत् ऐन आउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button