तपाईँ सुन्दै हुनुहुन्छः

बुढ्यौलीमा आँखाको ज्योति फर्किँदाको खुशी 

सल्यान । सल्यानमा ८५ जना मोतिया विन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा मोतिया विन्दु समस्या पत्ता लागेका १२९ जना मध्ये ८५ जना (३४ पुरुष र ५१ महिला) को निःशुल्क शल्यक्रिया गरिएको दार्मा गाउँपालिका सल्यानले जनाएको छ  ।

विगत लामो समयदेखि धमिलो देखिएको आँखाले एक्कासी उज्यालो देखिदा निकै खुशी लागेको दार्मा गाउँपालिका ४ की मन कुमारी मल्ले बताउनु भयो । उहाँले भन्नु भयो ‘हामी जस्ता बुढाबुढी जो वरपर जान सक्दैनौ ,  गाउँमै शिविर राखेकोमा पालिकालाई धन्यवाद छ ।’

यस्तै दार्मा -२ का कृति बहादुर चन्दको मुहार पनि निकै मुस्कुराइ रहेको थियो । ७०-७५ वर्षको उमेरमा फेरी आँखाको ज्योति पाउँदा र सहारा बिनै हिँडडुल गर्न पाउँदा मुहारमा छुट्टै चमक थियो । उहाँले भन्नु भयो ‘लाग्दथ्यो बुढ्यौली जीवन कसरी कटाउने हो , तरे अप्रेशन पछि आँखाले ज्योति पायो । फेरी नयाँ जीवन पाएझैँ लागेको छ ।’ 

गाउँमा सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिलेको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनु भयो । उहाँले भन्नु भयो जे जसरी सकिन्छ, राज्य हुनुको आभास नागरिकलाई दिलाउनु जनप्रतिनिधि तथा सरकारको दायित्व हो । 

नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग, राप्ती आँखा अस्पताल रक्षा चौरको प्राविधिक सहयोग र दार्मा गाउँपालिकाको आयोजनामा शिविर सम्पन्न भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button