तपाईँ सुन्दै हुनुहुन्छः

‘संवैधानिक पदहरूमा प्याकेजमा सहमति जुटाइने’

काठमाडौँ । संवैधानिक परिषद्को आज बसेको बैठकमा प्रधानन्यायाधीश सिफारिसका बारेमा छलफल भए पनि टुङ्गो भने लाग्न सकेन ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ बसेको बैठकमा प्रधानन्यायाधीश लगायत रिक्त अन्य संवैधानिक पदहरूमा एकै पटक नियुक्तिको टुङ्गो लगाउने गरी अर्को बैठकमा छलफल गर्ने सहमति भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

संवैधानिक परिषद्को अर्को बैठक पर्सी साउन १८ गते बिहीबार बेलुका ५ बजे बस्ने र त्यस बैठकले रिक्त संवैधानिक पदहरूमा प्याकेजमा सहमति जुटाउने पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button