तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा देखियाे डेंगी संक्रमण

नेपालगञ्ज । बाँकेमा पनि डेंगीको संक्रमण देखिन थालेको छ । अस्पताल तथा क्लिनिकहरूमा आउने बिरामीहरूमा  डेंगीको संक्रमण देखिन थालेको चिकित्सकहरूले बताएका छन् ।

काठमाडौँ, धरान लगायतका ठाउँमा डेंगीले महामारीको रूप लिइरहेका बेला बाँकेमा पनि डेंगीको संक्रमण देखिन थालेको हो । लामखुट्टेको टोकाईबाट सर्ने डेंगी रोगका बिरामी बाँकेमा पनि देखिन थालेको भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताउनुभयो । डेंगीको जोखिमबाट जोगिन सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।

डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button