तपाईँ सुन्दै हुनुहुन्छः

दुई मजदुर तमोरमा बेपत्ता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा सडक निर्माण कार्यमा काम गर्ने दुई जना मजदुर तमोर नदीले बगाउँदा बेपत्ता भएका छन् ।

चौबिसे गाउँपालिका वडा नं ५ मुर्कुटे भन्ने स्थानमा निर्माणाधीन तमोर करिडोर सडक आयोजनामा काम गर्ने मकवानपुर मनहरीका १८ वर्षीय डुवा मोक्तान र ३२ वर्षीय राज तामाङ तमोरमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सडकमा काम गर्ने क्रममा चिप्लिएर उनीहरू नदीमा खसेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कुँवरले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनीहरूको खोजी कार्य जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button