तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले “आर्थिक विधेयक, २०८० र “राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई बहुमतले पारित गरेको छ ।

बैठकमा अर्थ मन्त्री डा.प्रकाश शरण महतले प्रस्तुत गर्नुभएको “आर्थिक विधेयक, २०८० र “राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई बहुमतले पारित गरेको हो । 

सभामा अर्थमन्त्री डा.प्रकाश शरण महतले भ्याटमार्फत करको दायरालाई फराकिलो बनाउँदै वित्तीय प्रणाली भित्र सबै व्यवसायलाई समेटेर अर्थतन्त्रलाई गतिशिल बनाउन आर्थिक विधेयक ल्याइएको बताउनुभयो । 

सभामा आर्थिक विधेयकको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा.महतले आन्तरिक उत्पादन वृद्धि, किसानहरूको प्रोत्साहन र सुरक्षाका लागि भ्याट लगाइएको बताउनुभयो ।

अर्थमन्त्री महतले उत्पादनकर्ता तथा साना किसानहरूले मूल्य बजार पाउने वातावरण बनाउन विचौलियाको चलखेल तोड्न राज्य संयन्त्र लाग्नुपर्ने पनि बताउनुभयो । 

यस्तै अर्थमन्त्री महतले राष्ट्र ऋण उठाउने विधेयक सम्बन्धि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उपयोगका क्षेत्र र प्रभावकारिताका आधारमा खर्च र ऋण लिने बताउनुभयो । 

उहाँले मुलुकलाई अनावश्यक आर्थिक बोझ नपारी आर्थिक उर्पाजनका क्षेत्रमा खर्च गर्ने गरी ऋण लिइने स्पष्ट पार्नुभयो ।

सभामा पुजिँगत खर्चलाई प्रभावकारी ढंगले खर्च गर्ने र प्रभावकारीताका आधारमा ऋण लिने  र खर्च गरिने उहाँले बताउनुभयो । 

प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिनको ३ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button