तपाईँ सुन्दै हुनुहुन्छः

दर्जनमा ठगिएपछि किसानले तौलमा केरा बिक्री गर्ने

नवलपरासी । पछिल्लो समय केरा पकेट क्षेत्रको रुपमा चिनिएको पश्चिम् नवलपरासीको सुस्ता र प्रतापपुरका केरा उत्पादक कृषकहरूले अबदेखि किलोको हिसाबमा केरा बिक्री गर्ने भएका छन् । भुक्तानी नपाएर उखुबाट विस्थापित भएर केरा खेतीमा लागेका सयौँ किसानले केराको पनि उचित मूल्य नपाएपछि तौल प्रणाली लागु गरिएको केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताउनुभयो ।

२५ सय बिगाहामा हुँदै आएको केरा खेती अहिले १२ सय हेक्टरमा मात्र हुँदै आएको अध्यक्ष यादवको भनाई छ ।,,दर्जनको हिसाबमा व्यापारीले केरा किनेर लादा प्रत्येक गाडीमा १० देखि २० दर्जन सम्म कम देखाइदिने गर्दा किसान धेरै ठगिने र बिचौलिया मोटाउने प्रवृत्ति छ यसको अन्त्यको लागि पनि यो प्रणाली लागू गरेका हौ ,,उहाँले भन्नु भयो । तौल प्रणाली लागु हुँदा किसानले केराको गुणस्तर अनुसार न्यूनतम प्रति केजी २० रुपैयाँका दरले पाउने छन् । पश्चिम् नवलपरासीमा केरा उत्पादक कृषकको झन्डै १ करोड रुपैयाँ उठ्न वाकी रहेको अध्यक्ष यादवले गुनासो गर्नुभयो ।

,,न समयमा मल पाइन्छ,न त उचित बजार र मूल्य नै,सरकारले वास्तविक किसानको समस्या कहिल्यै सुनेन कृषि प्रधान देशका हामी कृषकको यो अवस्था छ ,,केरा उत्पादक कृषक शैलेन्द्र कुमार शर्माको गुनासो थियो ।

किसानबाट केरा खरिद गरेर लैजाने व्यापारीले सहकारी वा बैङ्क मार्फत धरौटी जम्मा गरी पालिकाको सिफारिसमा मात्र केरा खरिद बिक्री गरिने व्यवस्था मिलाइएको केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताउनु भयो । नवलपरासीमा भारतीय केराका कारण नेपाली केराले उचित बजार नपाउँदा किसानको उत्पादित केरा बारीमै कुहिने अवस्था रहेको छ ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले केरा उत्पादक कृषकले उचित मूल्य पाउनु पर्नेमा जोड दिँदै किसानको लगानी नडुबोस् र कृषकलाई ब्यवासायिक केरा खेती बाट आत्मनिर्भर बनाउनका लागि पालिकाले सक्दो सहयोग उपलब्ध गराउने बताउनु भयो ।

सुस्ता र प्रतापपुरलाई केरा पकेट जोनको रुपमा बिकास गरी स्थानीय र प्रदेश सरकारले आवश्यक प्रबन्ध मिलाइदिनु पर्ने किसानको माग छ ।यहाँ उत्पादित केरा बुटवल,काठमाडौँ,पोखरा लगायतका अन्य बजारमा पठाउने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button