तपाईँ सुन्दै हुनुहुन्छः

शान्तिनगरका एक वडाध्यक्ष पक्राउ 

दाङ । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिल वली पक्राउ परेका छन् । वडाध्यक्ष वलीलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले नारायणपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

पक्राउ परेका वडाध्यक्ष वलीलाई जाहेरीका आधारमा म्याद थप गरेर कानुनी कारबाही अघि बढाउने डिएसपी गौतमले जानकारी दिनुभयो । अनुसन्धानका लागि अदालत मार्फत् म्याद थप गरेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा राख्ने प्रहरीले तयारी गरिरहेको छ ।

वडाध्यक्ष वलीले बिहीबार शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरेर प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेको आरोप लागेको छ । वली विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार उजुरी परेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button