तपाईँ सुन्दै हुनुहुन्छः

हराइरहेको टाइटन पण्डुब्बी दुर्घटनाग्रस्त अवस्थामा भेटियो, पण्डुब्बीमा सवार पाँचै जनाको मृत्यु

काठमाडौँ । झण्डै एक सातादेखि हराइरहेको टाइटन पण्डुब्बी दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सो पण्डुब्बीमा सवार पाँचै जना यात्रुको मृत्यु भएको अमेरिकी तट रक्षकले जनाएका छन् ।

पण्डुब्बीको खोजमा संलग्न बरिष्ठ तटरक्षक रियर एडम जोन मागरले जहाजको पाँच भाग टाइटानिकको भग्नावशेषको लगभग १ हजार ६ सय फिटमा फेला परेको पुष्टि गर्नुभयो ।

भेटिएको भग्नावशेष विपत्तिजनक विस्फोटसँग मिल्दोजुल्दो रहेको पत्रकार सम्मेलनमा बताइएको छ । टाइटनले सतहसँग सम्पर्क गुमाएको केही समयपछि अमेरिकी नौसेनाले विष्फोटको आवाजजस्तो अनौठो आवाज आएको पत्ता लगाएका थिए ।

दुर्घटनामा मृत्यु भएका पाँच जनामध्ये दुई जना बुवा र छोरा शाहज्यादा र सुलेमान दाउदको परिवार भएको बताइएको छ । मृतकका परिवार शोकमा डुबेका छन् । टाइटानिकको भग्नावशेष खोज्न निस्किएको पनडुब्बी आइतबार बेपत्ता भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button