तपाईँ सुन्दै हुनुहुन्छः

जीप दुर्घटनामा परी चालकको निधन, नौ जना घाइते 

File Photo

दाङ । तुलसीपुरमा भएको जीप दुर्घटना परी जीप चालकको निधन भएको छ भने ९ जना यात्रु घाइते भएका छन् । 

दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ज ५५६ नम्बर जीपका चालक रोल्पा गङ्गादेव १ ओत निवासी बर्ष ४० का बिष्णु पुन मगरको निधन भएको हो ।

जीप दुर्घटनामा परी गम्भीर घाइते भएका पुनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले दुर्घटनामा परी टाउको र शरीरमा चोट लागेर गम्भीर भएका चालक पुनको निधन भएको जानकारी दिनुभयो । 

यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका छ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । 

रिफर हुने बिरामीमा गङ्गादेव १ बिबाङका बर्ष २३ का बलबहादुर वली, सल्यान छत्रेश्वरीकी बर्ष २१ की गीता बिक, गीताका छोरा बर्ष ७ का पवन बिक, गीताकी छोरी स्नेहा बिक, तुलसीपुर १५ निवासी बर्ष ३३ का खुशीराम चौधरी र रोल्पा गङ्गादेव १ बर्ष ३२ की गौसरा वली रहनुभएको छ । 

यस्तै रोल्पा गङ्गादेव १ ओतका बर्ष २० की रीता डाँगी, ओत निवासी बर्ष ४२ का दुलबहादुर वली र भारतको कलकत्ता निवासी बर्ष ३० का सदाम हुसेनको तुलसीपुर राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी चौकी गोठीखोलाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button