तपाईँ सुन्दै हुनुहुन्छः

तालचोक–बेगनास सडकको शिलान्यास

पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आज तालचोक–बेगनास सडक निर्माणको शिलान्यास गर्नुभएको छ ।

पोखरा महानगरपालिका वडा नंं २७ तालचोकदेखि पूर्व पट्टी बेगनास सम्मको ३.८ किलोमिटर सडकको शिलान्यास गर्नुहुँदै प्रमुख आचार्यले सडकको गुणस्तरीयतामा ख्याल गर्न स्थानीयसँग आग्रह गर्नुभयो । उहाँले स्थानीयले सडक खण्डमा पर्ने आफ्ना निजी संरचना हटाएर निर्माणमा सहयोग गर्न समेत आग्रह गर्नुभयो । 

उहाँले आगामी दुई वर्षभित्र सडक निर्माण कार्य सम्पन्न भई २०८१ चैत्र २६ गते जनआन्दोलनको दिन पारेर सडकको उद्घाटन गर्ने मिति समेत घोषणा गर्नुभयो । 

विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने सडकको कूल लागत १ अर्ब २३ करोड २ लाख ६० हजार ३ सय ७४ रुपैयाँ रहने छ ।  सडक ३.८ किलोमिटर नालीसहित ४ लेनको सडकमा २.५ मिटरको पार्किङ, १.५ मिटरको साइकल ट्रेक र २ मिटरको नाला सहितको फुट ट्रयाक रहने पोखरा महानगरपालिका इन्जिनियर नवीन गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button