तपाईँ सुन्दै हुनुहुन्छः

‘राजश्व र लगानीकर्ताको उत्साह बढाउने गरी काम गर्छु’

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन योजनाका साथ काम गर्ने बताउनुभएको छ ।

अर्थमन्त्री डा.महतले अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा अर्थतन्त्रमा देखिएको संकट समाधान गर्न आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

अर्थमन्त्री महतले अर्थतन्त्रलाई मन्दीको अवस्थामा जान नदिन आन्तरिक राजस्वलाई बढाउने र लगानीकर्ताको उत्साह बढाउने गरि आफूले काम गर्ने बताउनुभयो ।

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने र साना तथा ठूला लगानीकर्ताको समस्या समाधानका लागि राष्ट्र बैंकसँग समन्वय गरेर काम गर्ने पनि अर्थमन्त्री महतले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्थमन्त्री महतले नगद प्रवाह योजना तर्जुमा समिति गठन गर्नेसम्बन्धी पहिलो निर्णय सदर गरी मन्त्रालयको काम सुरु गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button