तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर। मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा२५प १९०८ नंको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्याङ्तानको उपचारका लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । स्याङ्तानको शव परीक्षणका लागि हाल हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक हाल फरार छन् । उनको खोजीकार्य हुनुका साथै घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button