तपाईँ सुन्दै हुनुहुन्छः

टक्सारमा ज्ञान महायज्ञ शुरु

भोजपुर । भोजपुरको टक्सार बजारमा रहेको रणेश्वर शिवालय मन्दिर एक सय वर्ष पुगेको अवसरमा धार्मिक सम्पदा संरक्षणका लागि बिहीबारबाट सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

धार्मिक स्थलहरूको संरक्षण र संवर्द्धनमा उचित सहयोग नमिलेपछि पुनर्निर्माण र जीर्णोद्धारका लागि सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको प्रचार प्रसार समितिका संयोजक घमचन्द्र दाहालले बताउनुभयो ।

स्थानीयहरू समेत पलाएन हुने क्रम बढेको र टक्सार बजार क्रमिक रुपमा नाममा मात्र सीमित हुने बन्ने अवस्था देखिएकाले यसलाई पुन पहिलाकै अवस्थामा फर्काउन सकिन्छ कि भन्ने उद्देश्यले पनि ज्ञान महायज्ञको आयोजना गरिएको संयोजक दाहालको भनाई छ ।

एक हप्तासम्म चल्ने महायज्ञको भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले शुभारम्भ गर्नुभयो ।

टक्सारमा रहेका ऐतिहासिक, पौराणिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्दे यहाँभित्र रहेका धार्मिक सम्पदाको संरक्षण र संवर्द्धनका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको समेत आयोजना गरिएको छ । सप्ताह महायज्ञमा प्रख्यात पण्डित सागर भट्टराई र पण्डित सुदिप सुवेदीले कथा बाचन गर्नुका साथै सार्वजनिक सङ्गीतमय कार्यक्रम पनि हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button