तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र सुधार गर्न सरकार गम्भीर हुनुपर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरी सुधार गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयमा बोल्दै थापाले राजनीतिक दलको सुविधाका लागि दर्जनभन्दा बढी मन्त्रालय खाली राख्न नहुने स्पष्ट पार्नुभयो । 

“मुलुकको अर्थतन्त्र सुधारमा सरकार गम्भीर हुनुपर्छ”, उहाँले भन्नुभयो, “पाँच वर्षका लागि बनेको सरकारले गर्ने काम पाँच महिनाभित्रै सङ्केतका रुपमा देखिनुपर्छ ।” महामन्त्री थापाले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button