तपाईँ सुन्दै हुनुहुन्छः

वीरेन्द्रनगरले सञ्चालनमा ल्यायो विपन्न नागरिक स्वास्थ्य बीमा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अति विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले चार जना अति विपन्न परिवारका सदस्यलाई बीमा परिचयपत्र हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेकी हुन् ।

नगरपालिकाले चालु आर्थिक वर्षमा आर्थिक रूपमा विपन्न नागरिकको स्वास्थ्य बीमाका लागि बजेट विनियोजन गरेको थियो ।

कार्यक्रममा नगरप्रमुख ढकालले संविधानमा उल्लेख भएको स्वास्थ्यको मौलिक हकलाई हरेक नागरिकको पहुँचमा पुर्‍याउन नगरपालिकाले उत्साहपूर्ण र मत्वाकांक्षी योजनाका रूपमा बीमा कार्यक्रमको सुरुवात गरेकाे बताइन् ।

स्वास्थ्य बीमा बोर्ड कर्णालीसँगको सहकार्यमा नगरपालिकाका १६वटै वडाका अति विपन्न परिवारको पहिचान गरी बीमा कार्यक्रममा समावेश गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button