तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दशौदी विजयी

दाङ । राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका कुमार दशौदी विजयी हुनुभएको छ । 

लुम्बिनी प्रदेशको रिक्त सदस्य पदमा आज भएको मतदानमार्फत दशौदी विजयी हुनुभएको हो । 

लुम्बिनीमा मतभार सात हजार ९ सय मतमध्ये दशौदीले चार हजार २६ मतभार प्राप्त गरेर विजयी हुनुभएको हो । 

दशौदीले प्रदेशतर्फ २ हजार ६४ मतभार र स्थानीय तहतर्फ १ हजार ९६२ मतभार गरी जम्मा  ४ हजार २६ मतभार प्राप्त गर्नुभएको हो । 

दशौदीका प्रतिस्पर्धी नेपाली काँग्रेसका माधवप्रसाद आचार्यले प्रदेशतर्फ १ हजार ७७६ र स्थानीय तहतर्फ १हजार ९४४ जम्मा तीन हजार ७२० मतभार प्राप्त गर्नुभएको थियो । नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रबिर रायले १९२ मतभार प्राप्त गर्नुभएको थियो । 

नेकपा एमालेका नेता खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा निर्वाचन आयोगले उपनिर्वाचनमार्फत पदपूर्ति गरेको हो । प्रदेश निर्वाचन कार्यालय लुम्बिनीले दाङले घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदानको व्यवस्था गरेको थियो । 

लुम्बिनी प्रदेशमा प्रदेशसभा र स्थानीय तह गरी ३०५ जना मतदाता रहेका छन् । त्यसमध्ये एक जना रुपन्देहीको मर्चवार गाउँपालिकाकी उपप्रमुख आशा सिंह बिरामीका कारण मतदान गर्न सहभागी नभएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button