तपाईँ सुन्दै हुनुहुन्छः

सुस्ताको समस्या कुटनितिक पहलबाट समाधान गर्नुपर्छ : सभामुख घर्ती

नवलपरासी ।लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिले सुस्तामाको भूमि अतिक्रमणको समस्या कूटनैतिक रुपमा समाधान हुनुपर्ने बताउनु भएको छ।उहाँले सुस्ताको भूमि मिचिँदा काठमाण्डौलाई दुख्नु पर्ने बताउनु भएको छ।

आफ्नो भूमि रक्षाका लागि राज्य उदाशिन हुन नहुने सभामुख घर्तिको भनाई छ। सुस्ता बचाऊँ अभियानका अध्यक्ष स्व.गोपाल गुरुङको ११औँ दिनको पुन्यतिथिको कार्यक्रमलाई सम्बोधन गर्न सुस्ता पुग्नु भएका सभामुख घर्तिले सुस्तावासीलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो। उहाँले सुस्तामा समस्या आइपर्दा सिंगोदेश एक जुट भएर उभिने बताउनु भयो। सुरक्षाका हिसाबले होस या अन्य राज्यका निकायको उपस्थिति रहेको हुँदा सुस्तावासीलाई कहिल्यै एक्लो छौ भन्ने सोच नराख्न समेत घर्तिले आग्रह गर्नुभयो।

भारतीय अतिक्रमणको चपेटामा परिरहने सुस्ता बासीका पिडालाई राज्यले सम्बोधन गर्नु पर्ने सभामुख घर्तिले उल्लेख गर्नु भयो।सुस्तामा सीमा क्षेत्रको अनुगमन गर्दै उहाँले लामो समय सम्म सहनशील भइरहने तर छिमेकी सधैँ अराजक मात्र हुने यो अवस्था को अन्त्य हुनुपर्ने बताउँदै कूटनीतिक पहलबाट यसको दीर्घकालीन समाधान हुनुपर्नेमा जोड दिनुभयो।

सभामुख घर्तिले स्व.गोपाल गुरुङको स्मृतिमा प्रवेशद्वारको समेत शिलान्यास गर्नु भएको छ।स्व.गुरुङ लामो समयदेखि सुस्ता बचाउ अभियानको अभियन्ताको रुपमा सक्रिय रहनु भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button