तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री पौड्यालसँग अमेरिकी उप विदेशमन्त्रीको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा.बिमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डबीच आज भेटवार्ता भएको छ । 

मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको बलियो  दौत्य सम्बन्ध, दुई पक्षीय सहयोग र आपसी हितका  सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

दुई पक्षीय भेटका क्रममा परराष्ट्रमन्त्री पौड्यालले भूकम्प र कोभिड महामारीका समयमा  प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई  धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button