तपाईँ सुन्दै हुनुहुन्छः

आठ दशमलब पाँच प्रतिशत पश्चिमा कम्पनी रूसबाट पलायन

जेनेभा। रूस–युक्रेन युद्धलाई लिएर व्यापक आक्रोशका बावजुद पनि थोरै सङ्ख्यामा मात्र पश्चिमा कम्पनीहरूले रूस छोडेको स्विस अध्ययनले देखाएको छ ।

युनिभर्सिटी अफ सेन्ट ग्यालेन र लुसानेस्थित आईएमडी इन्स्टिच्युटका अनुसन्धाताहरूले गत फेब्रुअरीमा युक्रेनमा पूर्ण आक्रमण सुरु भएयता युरोपेली सङ्घ र जी–७ मुलुकका कति कम्पनी रूसबाट हटेका छन् भन्नेबारे अध्ययन गरेका हुन् ।

सेन्ट ग्यालेन युनिभर्सिटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “उनीहरूको अध्ययनको निष्कर्षले रुसबाट इयू र जी–७ फर्महरूको सीमित पश्चगमन भएको देखाएको छ र यसले पश्चिमा कम्पनीहरूको ठूलो पलायन भएको भन्ने दावीलाई चुनौती दिएको छ ।

वास्तवमा, यी देशहरूमा मुख्यालय भएका धेरै फर्महरूले युक्रेनमा आक्रमणपछि सरकार, सञ्चारमाध्यम र गैरसरकारी संस्थाहरूको रूस छोड्नको लागि दबाबको प्रतिरोध गरेका छन् ।

गत महिना ‘अनलाइन सोसल साइन्स रिसर्च नेटवर्क (एसएसआरएन)’ ले प्रकाशित गरेको उक्त अध्ययनले रूसी सहायक कम्पनीसँग आबद्ध इयू र जी–७ का १० प्रतिशतभन्दा कम कम्पनीले मात्र ती कम्पनीहरूलाई अलग गरेको देखाएको छ ।

मस्कोले आक्रमण सुरु गर्दा युरोपेली सङ्घ र जी–७ मा रहेका एक हजार ४०४ कम्पनीले रूसमा सक्रिय रहेका दुई हजार ४०५ सहायक कम्पनीको गणना गरेको अध्ययनले देखाएको छ ।
अध्ययनका लेखक निकोलो पिसानी र सिमोन एभेनेटका अनुसार नोभेम्बरको अन्त्यसम्ममा १२० वा तीमध्ये ८.५ प्रतिशत कम्पनीले मात्र रूसमा कम्तीमा एउटा सहायक कम्पनी खारेज गरेका देखिएको छ ।

युरोप र जापानमा आधारित कम्पनीहरूको तुलनामा रूस छोड्ने कम्पनीमा संयुक्त राज्य अमेरिकामा मुख्यालय भएका कम्पनीहरूका शाखा रहेको पुष्टि गरिएको छ ।

तर संयुक्त राज्य अमेरिकाका पनि, रूसमा सञ्चालित १८ प्रतिशत भन्दा कम अमेरिकी सहायक कम्पनीहरू आक्रमण सुरु भएदेखि नै पूर्ण रूपमा बन्द भएका अध्ययनले देखाएको छ ।

यसको विपरीत, रूसबाट पलायन भएका कम्पनी वा फर्ममध्ये १५ प्रतिशत जापानी र ८.३ प्रतिशत ईयू फर्महरू रहेका छन् ।

रूसी सहायक कम्पनी छोड्नेमध्ये १९.५ प्रतिशत जर्मन र १२.४ प्रतिशत अमेरिकी स्वामित्वमा रहेको अध्ययनले देखाएको छ ।

अनुसन्धानले युरोपेली सङ्घ र जी–७ फर्महरूको कर अघिको कुल मुनाफाको ६.५ प्रतिशत मात्र पश्चिमी फर्महरूले रूसमा सक्रिय व्यावसाय सञ्चालन गरेका थिए ।

रूसमा यस्ता कम्पनीमा काम गर्ने कर्मचारीको कुल सङ्ख्याको १५.३ प्रतिशत हिस्सा उनीहरूकै रहेको छ ।

“औसतमा, बाहिरिने फर्महरूको रूसमा रहेका फर्महरूको तुलनामा कम मुनाफा र ठूलो कार्यबल थियो,” अध्ययनल देखाएको छ ।

विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यी निष्कर्षहरूले पश्चिमा कम्पनीहरूको अर्थव्यवस्थाबाट अलग हुने इच्छामाथि प्रश्न चिन्ह खडा गरेको छ ।”एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button