तपाईँ सुन्दै हुनुहुन्छः

सन् २०१९ यता प्राकृतिक प्रकोपबाट अत्यधिक अस्ट्रेलियाली प्रभावित

क्यानबेरा। सन् २०१९ यता प्राकृतिक प्रकोपबाट अस्ट्रेलियाका अधिकांश नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको एक सर्वेक्षणले देखाएको छ ।

जलवायु परिषद्ले बिहीबार प्रकाशित गरेको दुई हजारभन्दा बढी मानिसमा गरिएको सर्वेक्षणमा ८० प्रतिशत अस्ट्रेलियालीले विगत तीन वर्षमा कम्तीमा पनि एउटा चरम मौसमी घटना भोगेको देखिएको छ ।

जलवायुजन्य प्रकोपबाट प्रभावितमध्ये ५१ प्रतिशतले आफ्नो मानसिक स्वास्थ्यमा केही हदसम्म असर परेको बताएका छन् भने २१ प्रतिशतले घटनाको अनुभवले उनीहरूको मानसिक स्वास्थ्यमा ‘ठूलो वा मध्यम प्रभाव’ परेको बताएका छन् । 

एक तिहाइभन्दा बढीले आफूहरूलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध नभएको बताएका छन् । अस्ट्रेलियन नेशनल युनिभर्सिटीका जलवायु वैज्ञानिक जोएल गेरगिसले उक्त प्रतिवेदनका लेखकले यो निष्कर्षलाई सामना गर्नुपर्ने बताउनुभएको छ । 

उहाँले भन्नुभयो, “धेरै अस्ट्रेलियालीहरूले बदलिँदो जलवायुको वास्तविकतासँग सम्बन्धित सङ्कटको अत्यधिक प्रभावका साथ बाँचिरहेका छन् भन्ने चिन्ताको विषय बनेको छ ।” 

“यसले देशभरका हाम्रा स्थानीय समुदायहरूको स्थिरतालाई कमजोर पारिरहेका यो अदृश्य मानसिक स्वास्थ्य सङ्कटमाथि प्रकाश पारेको छ,” उहाँले एक विज्ञप्ति जारी गर्दै भन्नुभयो । 

“हामीले जलवायु परिवर्तन अनुकूलनको बारेमा राष्ट्रिय कुराकानी गर्न आवश्यक छ र यी विपत्तिहरूबाट बाँचेका मानिसहरूका अनुभवहरू सुन्न आवश्यक छ । 

यो सर्वेक्षण एक प्रमुख मानसिक स्वास्थ्य समर्थन सङ्गठन ‘बियोन्ड ब्लू’को सहकार्यमा गरिएको थियो । अध्ययनमा सहरी क्षेत्रको तुलनामा ग्रामीण र क्षेत्रीय क्षेत्रका मानिसहरूमा बाढी र डढेलोको प्रभावको सम्भावना बढी थियो ।

“जलवायु परिवर्तनको मानसिक स्वास्थ्य प्रभावलाई स्वीकारेर, सम्बोधन गरेर, हामी बलियो र अधिक लचिलो समुदायहरू निर्माण गर्दै शाब्दिक र लाक्षणिक दुवै प्रकारका समस्याको सामना गर्न सक्षम छौँ,” बियोन्ड ब्लूका प्रमुख क्लिनिकल सल्लाहकार ग्रान्ट ब्लास्कीले भन्नुभयो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button