तपाईँ सुन्दै हुनुहुन्छः

भुमी आयोगले बर्दघाटबाट सुरु गर्‍यो जग्गा नापजाँच

नवलपरासी । राष्ट्रिय भूमि आयोग पश्चिम नवलपरासीले बर्दघाट नगरपालिकाबाट जग्गाको नापजाँच सुरु गरेको छ।

आयोगले जिल्लाका सात वटा स्थानीय तह मध्ये बर्दघाटको वडा नम्बर ७ बाट काम सुरु गरेको हो ।बर्दघाट र सुनवल नगरपालिकाले मात्र हालसम्म भूमिहीन सुकुम्वासीहरूको विवरण सङ्कलन गरेका छन्।

बर्दघाट नगरपालिकामा भूमिहीन दलित ८०४,भूमिहीन सुकुम्वासी १३९६ र अव्यवस्थित वसोवासी को सङ्ख्या ४९४५ गरि कुल सात हजार १ सय ४५ सुकुम्बासीको तथ्याङ्क रहेको भूमि आयोगका जिल्ला अध्यक्ष देवराज भण्डारीले जानकारी दिनुभयो।नगरपालिकाले ३५ दिनको दाबी विरोधको समय दिएको थियो।

भूमि आयोगबाट ८ जना र जिल्ला नापी कार्यालयबाट ४र५ जनाको अमिन टोली र विज्ञ सदस्य सहित नापजाँचको काम प्रारम्भ भएको छ।पहिलो चरणमा अव्यवस्थित सुकुम्बासीको र चरणबद्ध रुपमा अन्य सबैको नापजाँच सुरु गरिने भण्डारीले बताउनु भयो।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ र यस क्षेत्रका सङ्घीय सांसद विनोद चौधरीले आयोगले निष्पक्ष रुपमा काम गर्ने बताउँदै वास्तविक सुकुम्वासीहरूले जग्गा पाउनुपर्नेमा आफूहरूको जोड रहेको बताउनु भयो। अन्य स्थानीय तहहरुले विवरण सङ्कलन गरेपश्चात मात्र जिल्लाको समग्र एकिन विवरण आउने भूमि आयोगले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button