तपाईँ सुन्दै हुनुहुन्छः

खडेरीले गहुँ बाली सुक्न थालेसँगै डडेल्धुराका किसान चिन्तित

डडेल्धुरा  । लगातारको खडेरीले गहुँ बाली सुक्न थालेको भन्दै डडेल्धुराका किसान चिन्तित बनेका छन् । 

खेतमा लगाएको गहुँ बाली सुक्न थालेपछि भोकमरी हुने भन्दै किसानहरू चिन्तित बनेका हुन । 

यो बर्ष हिउँदे वर्षा नहुँदा डडेल्धुरामा गहुँ बाली सुक्न थालेको आलिताल गाउँपालिका –२ का किसान देवराज भट्टले बताउनुभयो । खेतमा लगाएको गहुँ बाली सुक्न थालेपछि भोकमरी हुने भन्दै उहाँ जस्तै अन्य किसानहरू पनि चिन्तित बनेका छन् ।

खेतमा सिँचाइको समेत सुविधा नहुँदा गहुँ बाली सुक्न थालेको किसान भट्टले बताउनुभयो । 

डडेल्धुरामा आठ हजार सात सय ४४ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ । 

गत बर्ष पनि ठुलो खडेरीले गर्दा १.५ मेट्रिकटन प्रति हेक्टर मात्रै गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिनुभयो ।  

गत बर्ष गहुँ उत्पादनमा निकै ह्रास आएको र जिल्लामा भएको गहुँको कुल क्षेत्रफल मध्ये बर्षातको भरमा खेती हुने ६० प्रतिशत क्षेत्रफलभित्र गहुँको उत्पादन जति हुने गरेको छ त्यो पनि घट्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गत बर्ष खडेरीले गहुँ उत्पादकत्वमा कमी आएको र यो बर्ष पनि खडेरीका कारण गहुँ बाली उत्पादनमा ह्रास आउन सक्ने भन्दै एक÷डेढ हप्तासम्म पानी नपरेमा धेरै असर पर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button