तपाईँ सुन्दै हुनुहुन्छः

सन् २०२२ मा मध्य भूमध्यसागरीय मार्गमा ५२५ आप्रवासीको मृत्यु

त्रिपोली। सन् २०२२ मा कूल २४ हजार छ सय ८४ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको र लिबियाको तटीय क्षेत्र, मध्य भूमध्यसागरीय मार्गमा पाँच सय २५ आप्रवासीको मृत्यु भएको छ । उक्त अवधिमा आठ ४८ जना बेपत्ता भएको आईओएमले जनाएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले गत साता एक हजार ८८ आप्रवासीलाई उद्धार गरी लिबियातर्फ फर्काइएको जनाएको छ ।

“सन् २०२२ को डिसेम्बर २५ देखि ३१ सम्मको अवधिमा एक हजार ८८ आप्रवासीलाई रोकेर लिबिया फर्काइएको छ,” आईओएमले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उद्धार गरिएका आप्रवासीमा एक हजार दुई सय ४१ महिला र सात सय ७६ बालबालिका रहेका छन् ।

सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा असुरक्षा र अराजकताका कारण धेरै आप्रवासीहरू, अधिकांश अफ्रिकीहरूले भूमध्यसागर पार गरेर लिबियाबाट युरोपेली किनारातिर जाने गरेका छन् । 

उद्धार गरिएका आप्रवासीहरू लिबियाका ती केन्द्रहरू बन्द गर्न र आप्रवासीहरूलाई रिहा गर्न बारम्बार अन्तर्राष्ट्रिय आह्वान गरिए तापनि प्रायजसो लिबियाभरि भीडभाड हुने स्वागत केन्द्र (अस्थायी शिविर)मा पुग्छन् ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button