तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षामा देखिएको बेथितिलाई अन्त्य गर्नुपर्छ : मन्त्री साह

बारा । नेपाल सरकारका संघीय मन्त्री ज्वाला कुमारी साहले शिक्षामा देखिएको बेथितिलाई अन्त्य गर्ने बताउनुभएको  छ । 

रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५औँ   सभालाई कलैयामा सम्बोधन गर्दै मन्त्री साहले जिल्ला कै जेठो क्याम्पस भएको रामराजले शिक्षाको क्षेत्रमा चाहे जति फड्को मार्न नसकेको बताउनुभयो । 

उहाँले क्याम्पसका प्राध्यापकहरू पठनपाठनमा कम समय दिने, बढी राजनीतिमा समावेश हुने गरेको जनगुनासालाई नचिरेसम्म प्रभावकारी शिक्षा एवम् गुणस्तरीय शिक्षा दिन नसक्ने कुरामा जोड दिनुभयो । 

उहाँले गुणस्तर शिक्षा उपलब्ध गराउन सकेमात्र यस क्षेत्रका विद्यार्थीले सहज रुपमा उच्च शिक्षा आर्जन गर्नसक्ने बताउनुभयो । 

उहाँले शिक्षालाई सुधारोन्मुख बनाउन शिक्षकको भूमिका महत्त्वपूर्ण हुने बताउनुहुँदै यसका लागि अभिभावक एवम् सञ्चालक समितिका पदाधिकारीहरूको भूमिका फराकिलो बनाउनुपर्नेमा उहाँले सुझाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button