तपाईँ सुन्दै हुनुहुन्छः

अस्पताललाई कम्बल वितरण

काठमाडौँ। जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ । डा राजेश राजभण्डारी र होप वल्र्डवाइडले अस्पतालका कामु निर्देशक डा कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गर्नुभयो ।

अस्पतालमा उपचार गर्नका लागि आउने गरिब तथा विपन्न बिरामीका लागि उक्त कम्बल प्रयोग गरिने अस्पतालले जनाएको छ । नेपाल अर्थोपेडिक्स अस्पताल गैरनाफामूलक अस्पताल हो । यो अस्पताल सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्र र रोटरी इन्टरनेशनलले च्यारिटेबल भेन्चर्सका रुपमा स्थापना गरिएको हो । अस्पतालले ट्रमा र अर्थोका सुपरस्पेसियालिटी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button