तपाईँ सुन्दै हुनुहुन्छः

सरकार गठनकाे छलफलका लागि बालुवाटारमा शिर्ष नेताहरु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । आज साँझ पाँच बजेसम्म सहमतिलाई अन्तिम रुप दिनुपर्ने बाध्यता रहेपनि अहिलेसम्म कुनै ठोस निष्कर्ष भने निस्कन सकेका छैन ।

अहिले सत्तागठबन्धन दलमध्ये नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको लागि दाबी गरिरहनुभएको छ ।

अहिले बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘वान टु वान’ वार्तामा हुनुहुन्छ । उहाँहरुको वार्तापछि सत्ता गठबनधनको बैठक बस्दैछ । उक्त बैठकमा सहभागी हुनका लागि एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि अहिले वालुवाटार पुगिसक्नुभएको छ ।

गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गर्नका लागि पहल गर्ने रणनीतिमा जुटेका छन भने उता माओवादी केन्द्र पनि पहिलो कार्यकालका लागि सरकारको नेतृत्व आफ्नै दलले पाउनु पर्नेमा मागबाट पछि हटिरहेको छैन ।

प्रतिनिधिसभाको निर्वाचनमा दुई सय ७५ सिटमध्ये कांग्रेस ८९, नेकपा एमाले ७८, नेकपा‍ ‍(माओवादी केन्द्र)३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी नेपाल १२, नेकपा (एकीकृत समाजवादी) १०, जनमत पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एक–एक स्थानमा तथा पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button