तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपाका अध्यक्ष लिङ्देनसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ ।

केन्द्रीय कार्यालयमा अध्यक्ष लिङ्देनको कार्यकक्षमा आज भएको भेटवार्तामा द्विपक्षीय र चासोका विषयमा विचारविमर्श भएको थियो ।

सो अवसरमा अध्यक्ष लिङ्देनले नेपाल र अमेरिकाबीच रहीआएको आपसी सम्बन्ध र सहयोगबारे छलफल भएको राप्रपाले जनाएको छ ।

अध्यक्ष लिङ्देनले राजदूत थम्पसनको कार्यकाल सफलताको कामना गर्नुभएको थियो । सो अवसरमा गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा राप्रपाले प्राप्त गरेको सफलताप्रति राजदूत थम्पसनले शुभकामना व्यक्त गर्नुभएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button