तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

तनहुँ । तनहुँमा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रगति टोलमा बस्दै आएका ४० वर्षीय मनबहादुर नेपाली रहेका छन् । उनलाई श्रीमती ३६ बर्षीय शुशिला विकले ढुंगाले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले बताउनुभयो । उनीहरू पोखरा महानगरपालिका–३० शिसुवा घर भई दुलेगौँडा डेरामा बस्दै आइरहेका छन् ।

‘मादक पदार्थ सेवन गरेकी श्रीमतीले घरायसी विवादमा ढुङ्गा प्रहार गर्दा टाउको चोट लागेको थियो । उपचारको क्रममा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको छ’, उहाँले भन्नुभयो ।

गएराती साढे ९ बजे घटना घटेको थियो । ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रीमानको हत्या गर्ने सुशिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button