तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश अपराजित रहँदै फाइनल प्रवेश

काठमाडौँ । राजधानीमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश अपराजित रहँदै फाइनल पुगेको छ ।

समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरि अपराजित यात्रा कायमै राखेको छ । मुलपानी क्रिकेट मैदानमा खराब मौसमका कारण केही ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्ट्याइएको थियो ।

बागमतीले जितका लागि दिएको १ सय २५ रनको लक्ष्य सुदूरपश्चिम १९.१ ओभरमा पुरा गरेको हो । त्यसअघि पहिले ब्याटिङ गरेको बागमती २८.४ ओभरमा अलआउट हुँदै १ सय २४ रन बनाएको हो ।

आजको खेलमा जित हात पारेको सुदूरपश्चिम अपराजित रहँदै फाइनल पुगेको छ । पराजित बागमतीका लागि भने फाइनल पुग्न शनिबार हुने खेलमा लुम्बिनी पराजित हुन आवश्यक रहेको छ । सुदूरपश्चिम ६ खेलमा अपराजित रहँदै १२ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।

बागमती भने ६ खेलमा ४ जित र २ हारका साथ ८ अङ्क सहित अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button