तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा सत्ता गठबन्धनलाई बहुमत

कर्णाली I विसं २०७४ को प्रदेशसभा निर्वाचनमा बहुमत पु¥याउन एक सिट कम भएको सत्ता गठबन्धनले भर्खरै सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त भएको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्र र एमालेबिच तालमेल भएको थियो । उक्त गठबन्धनले २० सिट जितेको थियो । यसपालिको चुनावमा सत्ता गठबन्धनले १८ सिट जितेको छ । एमाले पाँच सिटमा विजयी भएको छ ।  

एमाले कर्णाली प्रदेशसभा सदस्यमा डोल्पा ९१०, मुगु ९१०, जुम्ला ९२०, दैलेख क्षेत्र नं २ ९२० र सुर्खेत क्षेत्र नं २ ९१० मा जीत हासिल गरेको छ । अघिल्लो निर्वाचन जित्नुभएका सुर्खेत क्षेत्र नं २ ९१० का यामलाल कँडेल र क्षेत्र नं २ ९२० का विन्दमान विष्ट, डोल्पा ९२० का वीरबहादुर शाही र हुम्ला ९२० जीवनबहादुर शाही यस पटक पुनः दोहरिनुभएको छ । शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत हुनुहुन्छ । 

कर्णाली प्रदेशसभाको २४ सिटमध्ये चारमा पुनः  दोहरिन सफल हुनुभएको छ । अठार नयाँ अनुहारले प्रदेशसभामा प्रवेश पाएका छन् । निर्वाचित दुई प्रदेशसभा सदस्यले प्रतिनिधिसभाको समेत अनुभव लिइसकेका छन् । कर्णाली प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलभित्र नेपाली कांग्रेस १२, नेकपा (माओवादी केन्द्र) १० र नेकपा (एकीकृत समाजवादी) का दुई उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको थियो । कांगे्रस र माओवादी केन्द्रले नौ÷नौ तथा एकीकृत समाजवादीले दुवै सिट गुमाएको छ । 

कर्णालीका मुख्यमन्त्री शाही हुम्ला प्रदेशसभा ९२०बाट कांग्रेस तथा हुम्ला ९१० बाट माओवादी केन्द्रका रनसिंह परियार स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित हुनुभयो । मुगु प्रदेशसभा ९१० मा एमालेका जीतबहादुर मल्ल र प्रदेश ९२० मा माओवादी केन्द्रका मङ्गलबहादुर शाही निर्वाचित हुनुभयो । 

यस्तै जुम्ला प्रदेशसभा ९१० मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र जुम्ला ९२० मा एकीकृत समाजवादीका पदमबहादुर रोकाय विजयी हुनुभयो । डोल्पा प्रदेशसभा ९१० मा एमालेका शेरबहादुर बुढा र डोल्पा ९२० मा एमालेका धनचन्द्र वैजी विजय हुनुभयो । 

त्यस्तै, कालीकोट प्रदेशसभा ९१० मा माओवादी केन्द्रका दुर्गबहादुर रावत र प्रदेशसभा ९२० मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी हुनुभयो । दैलेख क्षेत्र नं १ ९१० र ९२० मा कांग्रेसका उम्मेदवार क्रमशः पूर्णबहादुर खत्री र  कृष्णकुमार विसी विजयी हुनुभयो । दैलेख क्षेत्र नं २ ९१० मा कांग्रेसका घनश्याम भण्डारी र ९२० मा एमालेका विनोदकुमार शाह विजयी हुनुभयो ।

यसैगरी सुर्खेत क्षेत्र नं १ ९१० मा कांग्रेसका खड्ग पोखरेल र ९२० मा माओवादी केन्द्रका कृष्णबहादुर जिसी विजयी हुनुभयो । सुर्खेत क्षेत्र नं २ ९१० मा एमालेका यामलाल कँडेल र प्रदेश ९२० मा माओवादी केन्द्रका विन्दमान विष्ट विजयी हुनुभयो ।

यस्तै सल्यान प्रदेशसभा ९१० मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र ९२० मा कांग्रेसका सुरेश अधिकारी निर्वाचित हुनुभयो । रुकुम–पश्चिम प्रदेशसभा ९१० र ९२० मा माओवादी केन्द्रका क्रमशः महेन्द्र केसी र राजकुमार शर्मा निर्वाचित हुनुभयो । जाजरकोट प्रदेशसभा ९१० र ९२० मा कांग्रेसका क्रमशः वेदराज सिंह र राजीवविक्रम शाह निर्वाचित हुनुभयो । प्रदेशसभा सदस्य ठम्मर विष्ट, पदमबहादुर रोकाय, धर्मराज रेग्मी र कूर्मराज शाही यस पटक पराजित भएका छन् । 

कर्णालीका नवप्रवेशी प्रदेशसभा सदस्यहरु

सुर्खेत क्षेत्र नं १ ९१० बाट कांग्रेसका खड्ग पोखरेल र  १९२० बाट माओवादी केन्द्रका कृष्णबहादुर जिसी, सल्यान ९१० बाट माओवादी केन्द्रका भीमप्रकाश शर्मा र ९२० बाट कांग्रेसका सुरेश अधिकारी, रुकुम पश्चिम ९१० र ९२० बाट क्रमशः माओवादी केन्द्रका महेन्द्र केसी र राजकुमार शर्मा, जाजरकोट ९१० र ९२० बाट कांग्रेसका क्रमशः वेदराज सिंह र राजीवविक्रम शाह पहिलो पटक कर्णाली प्रदेशसभामा प्रवेश गर्दैछन् ।

त्यस्तै, डोल्पा प्रदेश ९१० बाट एमालेका शेरबहादुर बुढा, जुम्ला ९१० बाट स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र ९२० बाट एमालेका टेकराज पछाई, मुगु ९१० बाट एमालेका जीतबहादुर मल्ल र ९२० बाट माओवादी केन्द्रका मङ्गलबहादुर शाही, हुम्ला ९१०बाट माओवादी केन्द्रका रनसिंह परियार तथा कालीकोट ९२० बाट हिक्मतबहादुर विष्ट प्रदेशसभामा प्रवेश गर्दै हुनुहुन्छ । 

कालीकोट ९१० का दुर्गबहादुर रावत यसअघि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । दैलेख क्षेत्र नं १ ९१० र ९२० का क्रमशः पूर्णबहादुर खत्री र कृष्णकुमार विसी, क्षेत्र नं २ प्रदेश ९१० बाट घनश्याम भण्डारी पनि प्रदेशसभामा प्रवेश गर्ने नयाँ अनुहार हुन् । प्रदेशसभा ९२० बाट निर्वाचित एमालेका विनोदकुमार शाह २०५१ सालमा नेमकिपाबाट दैलेख क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button