तपाईँ सुन्दै हुनुहुन्छः

बुर्किनाफासोमा सैनिक शिविरमा भएको हमलामा १० सैनिक र १८ आतङ्ककारी मारिए

ओउगादुगु । बुर्किनाफासोमा आतङ्ककारी समूहको आक्रमणमा परेर कम्तीमा पनि १० जना सैनिकको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरू केही सैनिक घाइते पनि भएका छन् ।
बुर्किनाफासोको दिजीबोमा रहेका यहाँको राष्ट्रिय सेनाको शिविरमा सो हमला भएको थियो । उत्तरी बुर्किनाफासोको सो सैनिक शिविरमा सोमबार आतङ्ककारीहरूले हमला गरेका सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
यहाँको सेनाले प्रकाशन गरेको सो विज्ञप्तिमा सोमबार ठूलो सङ्ख्याका आतङ्ककारीहरू आएर सो शिविरमा हमला गरेका थिए । सो हमलामा परेर यहाँका ५० जना सैनिक पनि घाइते भएका बताइएको छ ।
सो विज्ञप्तिमा आतङ्ककारीहरू पनि मारिएको बताइएको छ । सो शिविरमा भएको हमलामा परेर मारिएका १८ जना सेनाको शव भेटिएको बताइएको छ ।
सैनिकले गरेको प्रतिकारका क्रममा अरू कैयौँ आतङ्ककारी पनि घाइते भएका बताइएको छ । बुर्किनाफासोमा सन् २०१५ देखि शान्ति सुरक्षाको अवस्था खस्किँदो छ ।
यहाँ आतङ्ककारीहरूले यहाँका सुरक्षाकर्मीमाथि हमला गर्ने क्रम जारी नै छ । यसबाट सुरक्षाकर्मी तथा सर्वसाधारण नागरिकको ज्यान जाने क्रम झनै बढेको छ ।
यो अफ्रिकी देशमा सुरु भएको यस हिंसामा परेर अरू हजारौँ मानिस विस्थापित भएका छन् ।  रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button