तपाईँ सुन्दै हुनुहुन्छः

इराकमा भएको हवाई आक्रमणमा एघार आईएस लडाका मारिए

बग्दाद । पश्चिम र पूर्वी इराकमा शनिबार भएको हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स (आईएस)का ११ लडाका मारिएका इराकी सेनाले जनाएको छ ।

इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएको हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात आतङ्ककारीको मृत्यु भएको र आतङ्ककारी लुकेको एक स्थान ध्वस्त भएको सेना जारी गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।  

इराकको पूर्वी प्रान्त दियालामा आईएसको लुकेको स्थानलाई लक्षित गरी भएको दुईवटा हवाई आक्रमणमा परी आतङ्ककारी मारिएका बताइएको छ  ।  

आइएस लुकेको ठाउँमा खोजी गर्ने क्रममा सशस्त्र बलहरूसँगको भिडन्तमा अर्को एक आईएस लडाकु मारिएका छन् ।  सेनाले तीनवटा मोटरसाइकल, विस्फोटक पदार्थ नष्ट गरेको जनाएको छ ।रासस/सिन्ह्वा 

प्रतिक्रिया राख्नुहोस्

Back to top button