तपाईँ सुन्दै हुनुहुन्छः

‘तत्काल इन्धनको मूल्य घटाउने स्थिति छैन’

काठमाडौँ । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउने स्थिति नरहेको बताएको छ ।

भारतबाट तेलको मूल्य घटेर आए पनि पेट्रोल बाहेकका अन्य इन्धनमा घाटा कायम नै रहेकाले तत्काल इन्धनको मूल्य घटाउने स्थिति नरहेको उल्लेख गरेको छ ।

निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै भारतीय आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत् राख्ने बताएको हो ।

विज्ञप्तिमा निगमलाई अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेको उल्लेख गरेको छ । निगमले आइओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

आइओसीले गत सोमबार पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेको नयाँ मूल्य सूची पठाएको थियो ।

खासगरी भारतबाट दुई पटक मूल्य घटेर आएपछि निगम पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा नाफामा पुगेको छ । डिजलमा भने अझै पनि ९ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ४९९ रुपैयाँ नोक्सानीमा रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button