तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको लागि आएको रासायनिक मल गायब 

रोल्पा । रोल्पाको लागि भनेर आएको रासायनिक  मल गायब भएको खुल्न आएको छ । रोल्पा जिल्लाको कोटामा आएको १ सय बोरा डिएपी मल जिल्लामा आएको छैन भने पहिले नै आएको भनिएको १ सय ५० बोरा मल पनि कहाँ बिक्री भयो भन्ने थाहा छैन ।  

रोल्पाली कृषकका लागि भनेर आएको रासायनिक मल बाहिरी जिल्लामा  बिक्री गर्ने गरेको खुलेपछि स्थानीय प्रशासनले खोजी सुरु गरेको छ । सदरमुकाम लिवाङबाट बसमा राखेर जिल्ला बाहिर लैजाँदै गरेको १८ बोरा रासायनिक मल प्रहरीले सातदोबाटो प्रहरी चेक पोष्टबाट  बरामद गरेपछि बिचौलियाले  बदमासी गरेको खुल्न आएको हो  प्रहरीले गोप्य सूचनाका आधारमा उक्त मल बरामद गरेको बताएको छ  

रोल्पाको कोटामा पर्ने १ सय बोरा डिएपी मल असार १३ गते गाडीमा लोड गरेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दाङको रेकर्डमा देखिए पनि उक्त मल अहिलेसम्म रोल्पा आएको छैन भने कृषि सामाग्री संस्थानले पठाएको १ सय ५० बोरा पनि बिक्री गरेको कुनै रेकर्ड भेटिएको छैन 

मल कारोबार गर्ने जिम्मा पाएको लिवाङमा रहेको स्वर्गद्वारी एग्रोभेटमा छड्के जाँच गरेपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गर्ने निर्णय गरेको छ बरामद भएको मल जफत गर्छौँ नगरपालिकाले नै वितरण गर्छ , ४ दिन अघि गाडीमा लोड भएर पनि रोल्पा नआएको मलका बारेमा अनुसन्धान हुन्छ प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भन्नुभयो  

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको नेतृत्वमा, जिल्ला प्रहरी कार्यालय रोल्पा प्रहरी प्रमुख विनोद घिमिरे , सशस्त्र प्रहरी बल रोल्पा प्रमुख होमनाथ भट्टराई, कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख राहुल पाण्डे, रोल्पा नगरपालिकाका प्रतिनिधि लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो 

प्रतिक्रिया राख्नुहोस्

Back to top button