तपाईँ सुन्दै हुनुहुन्छः

‘१ लाख ५२ हजार २ सय मेट्रिक टन मल आइसक्यो’

काठमाडौँ । खेतीको सिजनलाई ध्यानमा राखी हाल १ लाख ५२ हजार २ सय मेट्रिक टन मल नेपाल आइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

रासायनिक मलको आपूर्ति शृङ्खलामा आएको व्यवधानका कारण आशातीत आपूर्ति हुन नसके पनि यो अवधिमा १ लाख मेट्रिक टन युरिया, ४४ हजार ७ सय मेट्रिक टन डी.ए.पी. र ७५०० मेट्रिक टन एम.ओ.पी. आपूर्ति भइसकेको मन्त्रालयले जनाएको छ ।

file photo

साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले किन्ने मलमध्ये २० हजार मेट्रिक टन डिएपी प्राप्त भइरहेको र ज्येष्ठ अन्तिम सातादेखि २२ हजार मेट्रिक टन युरिया मल प्राप्त हुन सुरु हुने मन्त्रालयले उल्लेख गरेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले किन्ने मलमध्ये ३० हजार मेट्रिक टन युरिया असारको दोस्रो सातादेखि प्राप्त हुन सुरु हुने र २० हजार मेट्रिक टन डिएपी असारको तेस्रो सातादेखि प्राप्त हुन सुरु हुने तथा २० हजार मेट्रिक टन डिएपी असार अन्तिम सातादेखि प्राप्त हुन सुरु हुने मन्त्रालयले मङ्गलवार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

भारतबाट किनिने मल अन्तर्गत ५० हजार मेट्रिक टन युरिया र ३० हजार टन डिएपी असार मसान्त सम्ममा प्राप्त हुने गरी प्रक्रिया अघि बढेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button