तपाईँ सुन्दै हुनुहुन्छः

सङ्खुवासभाको चिचिला गाउँपालिकामा कांग्रेस विजयी


किमाथाङ्का। सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेपाली कांग्र्रेसका उम्मेदवार विजयी भएका छन् । चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्व शेर्पा भोटे एक हजार ८६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रिपुप्रसाद राईले ९०९ मत पाउनुभएको छ । चिचिलामा एमाले तेस्रो भएको छ । नेकपा एमालेका रामबहादुर गुरुङले ९०१ मत पाउनुभएको छ । माओवादीका राईलाई ९५२ मत अन्तरले हराउँदै अध्यक्षमा शेर्पा दोस्रो पटक निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा कांग्रेसकै मनकला राई विजयी हुनुभएको छ । उपाध्यक्ष राईले एक हजार ८५४ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विष्णुकुमारी राईले ९३४ मत पाउनुभएको छ । यसअघि चिचिला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button