तपाईँ सुन्दै हुनुहुन्छः

पैयुँ गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

पर्वत । पर्वतको पैयुँ गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी हुनुभएको छ ।

मल्लले ३ हजार ८ सय २४ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेकपा एमालेका उम्मेदवार महेन्द्र श्रेष्ठले ३ हजार ३ सय ८० मत पाउनुभयो ।

उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार यामकुमारी राना विजयी हुनुभएको छ । रानाले ३ हजार ७ सय ७७ मत ल्याउनुभएको छ । नेपाली काँग्रेसका जानकी प्रधानले ३ हजार ४ सय ५८ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button