तपाईँ सुन्दै हुनुहुन्छः

बान्नीगढी जयगढ वडा नम्बर ५ मा गठबन्धनका उम्मेदवारलाई पराजित गरि एमाले विजयी

अछाम ।अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ कालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमालेका टंक साउँद प्यानल सहित बिजयी भएका छन् ।साउदले ५८४ मत ल्याई बिजयी भएका हुन ।

उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका टेक रावलले ३९२ मत ल्याए। यस्तै वडा अध्यक्षमा १०२ मत बदर भए ।

महिला सदस्यमा राधा रावल ५४६, दलित महिला सदस्य लक्ष्मि लुहार ५१६,खुला सदस्य रम्भा रावल५३८ र खुला सदस्य चन्द्रा रावलले ५२९ मत ल्याई बिजयी भए।

कालिकाबाट गाउँपालिका अध्यक्ष कांग्रेसका टेक बहादुर साउदले ४६९ र एमालेका लोक बहादुर साउद ४९१ मत पाए। यस्तै उपाध्यक्ष एमालेकी बिन्दु रावल ५६८ र माओवादी केन्द्रकी निर्मला साउदले ३६५ मत प्राप्त गर्नुभयाे ।
बान्नीगढी जयगढ गाउँपालिकाका ३ वडा मध्ये वडा नम्बर ६ माओवादी केन्द्र, वडा नम्बर १ नेपाली कांग्रेस र वडा नम्बर ५ नेकपा एमालेले जितेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button