तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिबास-७ मा स्वतन्त्र उम्मेदवार १ मतले विजयी

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार १ मतले विजयी भएका छन् ।

 निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले दिनुभएका अनुसार स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादवले ७२७ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार सिंहले ७२६ मत प्राप्त गर्नु भएको छ । यादवले बर्दिबास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लादकुमार क्षेत्रीको प्यानलबाट उम्मेदवारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button