तपाईँ सुन्दै हुनुहुन्छः

निजगढ अपडेट : काँग्रेसको ३, एमालेको २ र जसपाको १ स्थानमा वडाध्यक्ष जिते

 बारा  ।  निजगढ नगरपालिका १३ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । गठबन्धनको  तर्फका काग्रेंसका उम्मेदवार सुर्य घलानले ७ सय ७९ मत ल्याई  विजयी  हुनुभएको हो  । उहाँ यस अघि २०७४ मा नेकपा एमालेलाई झिनो मतकासाथ पराजित गरेर विजयी बन्नु भएको थियो । 

घलानले यस पटक गठबन्धन भएका कारण मतान्तर बढाउनुभएको छ  । सो वडामा नेकपा एमालेका कमानसिंह थिङले ५ सय ८६ मत ल्याउनु भयो । त्यसैगरि जीतपुरसिमराको वडा नम्बर १ र २४ मा नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ । जीतपुरसिमरा वडा नम्बर २३ मा भने नेकपा एमाले विजयी हासिल गरेको छ । यसैगरी प्रसौनी गाउँपालिकाको वडा नम्बर १ मा पनि एमालेले विजय हासिल गरेको छ । त्यसैगरि करैयामाई गाउँपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले जीत हासिल गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button