तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा ५ लाख ३४ हजार ७६५ मतदाता

सुनसरी । सुनसरीमा ५ लाख ३४ हजार ७६५ मतदाताले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय कुमार मिश्रले जानकारी दिनुभयो ।

सबैभन्दा बढी मतदाता इटहरी उपमहानगरपालिकामा छन् भने सबैभन्दा कम मतदाता बर्जु गाउँपालिकामा रहेको सूचना अधिकारी मिश्रले बताउनुभयो ।

सुनसरीको १२ पालिकामध्ये धरान नगरपालिकामा कूल १ लाख ३२४ मतदाता रहेका छन् । इटहरी उपमहानगरपालिका कूल १ लाख ४ हजार ६२६ मतदाता रहेका छन् ।

इनरुवा नगरपालिकामा ४२ हजार ४४८ मतदाता, दुहबी नगरपालिकामा ३६ हजार ७३० मतदाता, वराहक्षेत्र नगरपालिकामा ६३ हजार ६०८ मतदाता, रामधुनी नगरपालिकामा ४१ हजार ४७८ मतदाता छन् । कोसी गाउँपालिकामा २६ हजार ४६६ मतदाता, गढी गाउँपालिकामा २३ हजार ८१७, देवानगञ्ज गाउँपालिकामा २३ हजार ५७८, बर्जु गाउँपालिकामा २२ हजार ४६७ मतदाता, भोक्राहा नरसिंह गाउँपालिकामा २४ हजार १०१, हरिनगर गाउँपालिकामा २४ हजार ८२२ मतदाता रहेको सूचना अधिकारी मिश्रले बताउनुभयो ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा १६६ मतदान स्थल र ५८१ मतदान केन्द्र रहने छन् । धरानमा १०७, इटहरीमा १११, इनरुवामा ४७, दुहबीमा ४२, वराहक्षेत्रमा ६७, रामधुनीमा ४४, कोसीमा २९, गढीमा २७, देवानगञ्जमा २६, बर्जुमा २५, भोक्राहा नरसिंहमा २८ र हरिनगरमा २८ गरी कूल ५८१ मतदान केन्द्रबाट मतदान हुने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी मिश्रले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button