तपाईँ सुन्दै हुनुहुन्छः

बारामा ३ हजार ९५१ जनाको उम्मेदवारी दर्ता

बारा । स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगको कार्यालय बारामा ३ हजार ९५१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यालय बाराले दिएको जानकारी अनुसार गए राती साँढे ९ बजे सम्ममा सबै पदमा गरी ३ हजार ९५१ जनाको नाम कम्प्युटर सिस्टममा अद्यावधिक भएको छ ।

१६ वटा पालिका प्रमुखका लागि मात्रै १९४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै उपप्रमुखमा ११९ जनाले, वडा अध्यक्षमा ९०४, सदस्यमा १ हजार ४३५, महिला सदस्यमा ६४६ र दलित महिला सदस्य पदमा ६५३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख अधिकृत सरोज कुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल सम्म पालिका प्रमुखमा सबै भन्दा बढी पचरौता नगरपालिकामा २० जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम बारा गढी गाउँपालिका र महागढीमाई नगरपालिका प्रमुख पदमा ७/७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button