तपाईँ सुन्दै हुनुहुन्छः

थारु र मगर समुदायको सांस्कृतिक भरिपूर्ण प्रदेश : मुख्यमन्त्री केसी

रुपन्देही ।  लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले समृद्धि प्रदेश निर्माणका लागि सबै समुदायको भावनात्मक र सहभागितालाई समानुपातिक र समावेशी ढङ्गले एकीकृत गर्न सकेमा मात्रै सम्भव हुने बताउनुभएको छ । 

लुम्बिनी प्रदेश थारु र मगर समुदायको संस्कृतिले भरिपूर्ण प्रदेश भएको बताउँदै यसलाई संरक्षण र समृद्धिका लागि प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।

माघे सङ्क्रान्तिको अवसरमा शुभकामना सन्देश दिँदै प्रदेश सरकारको तर्फबाट यस वर्ष लुम्बिनी  प्रदेशका सबैभन्दा बढी थारु र मगर समुदायको बाहुल्य भएको बताउँदै २ गते पनि सार्वजनिक बिदा प्रदान गरिएको बताउनुभयो ।  

“हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहुजाति, बहुभाषिक र बहुसँस्कृतिले भरिपूर्ण छ । यही हाम्रो देश र प्रदेशको विविध जाती, भाषा, संस्कृति र भेसभुसालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सक्दछौँ । यस भावना र मर्मलाई नेपालको संविधान–२०७२ ले पनि स्विकार्दै विविध जाति, धर्म, संस्कृति र समुदायको संरक्षण र सम्बद्र्धनका लागि अधिकार प्रदान गरेको कुरा सर्वविदितै छ । नेपाल र प्रदेशको विविधतालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढ्ने विश्वास दिलाउँदै संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयताको कार्यान्वयन, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि बलिदानपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्ने कुरा यो सन्देश मार्फत अवगत गराउँदछु । ” केसीले भन्नुभएको छ ।

लुम्बिनी प्रदेशमा सबै समुदायको आफ्नै खाले संस्कृति भए पनि एक अर्कामा भ्रातृत्व र भाइचाराको सम्बन्धका हिसाबले पनि निकै  सुमधुर सम्बन्ध रहेको बताउँदै मुख्यमन्त्री केसीले कोरोना महामारीको सङ्क्रमणबाट जोगिएर चाडपर्व मनाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button