तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्र, राष्ट्रियता र विकासका सवालमा काँग्रेससँग सहकार्य हुन्छ: अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, राष्ट्रियता, लोकतन्त्र, न्याय र समानताका प्रश्नमा नेपाली काँग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको बताउनुभएको छ ।    
   

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्व प्रधानमन्त्री ओलीले ठुला दलहरूको सहकार्यबाट मुलुकमा राजनीतिक परिवर्तन आएको र नेपालले अन्धकार युगबाट गणतन्त्रको उज्यालोसम्म आइपुगेको स्मरण गराउनुभयो ।    
    
“नेपाली कांग्रेस र एमालेजस्ता ठुला पार्टीले नै मुलुकको संविधान, विकास, राष्ट्रियता, लोकतन्त्र, सुशासन, स्थिरता, सामाजिक न्याय र समानताका प्रश्नमा सहकार्य गर्दै आएका छन्”, अध्यक्ष ओलीले भन्नुभयो, “अहिले केही साना दलहरूलाई काँग्रेसले औलो समाउन दिएन भने सरकारमा नरहौँला कि भन्ने चिन्ता हो ? के का लागि सहकार्य ? देश बनाउन एमाले काङ्ग्रेसकै साथमै छ । देश बनाउन सँगै जाने कुरामा हामी साथमै छौँ ।”    
    
अध्यक्ष ओलीले जन्मँदै कोही शासक हुन सक्छन् भन्ने सिद्धान्त गलत साबित भइसकेको टिप्पणी गर्नुभयो । 

उहाँले कांग्रेस अरूका नीतिका पछाडि होइन, आफ्ना नीतिमा अगाडि बढोस् भन्दै काँग्रेसको महाधिवेशनले गौरवपूर्ण इतिहासलाई उजिल्याउन सकोस् भन्ने कामना गर्नुभयो । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button